news-details

धुलिखेल नगरपालिकाको मेयरमा पुन: अशोक ब्याञ्जु उप–मेयर निराजन जंगम विजयी

Total Share : 860 Total Views : 6.1 K

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको मेयरमा पुन नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ ।

स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो ।

ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा भने नेपाली काङ्ग्रेसका निराजन जंगम विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लालतारा अधिकारीलाई १२० मतले पराजित गर्दै जंगम निर्वाचित हुनुभएको हो ।

नेपाली काङ्ग्रेसका जंगमले ७ हजार ९ सय १० मत प्राप्त गर्नुभयो भने अधिकारिले ७ हजार ७ सय ९० मत प्राप्त गर्नुभयो ।

You can share this post!

Total Share : 860 Total Views : 6.1 K

प्रतिक्रिया