news-details

क्रिष्टियानो रोनाल्डोले गुमाए नवजात छोरा : भावुक हुँदै यसरी दिए जानकारी

Total Share : 946 Total Views : 6.7 K

एजेन्सी । फुटबलमा विश्वप्रसिद्ध खेलाडी क्रिष्टियानो रोनाल्डो र उनकी श्रीमती जर्जिना रोड्रिग्वेजले गत वर्ष अक्टोबरमा आमाबुवा बन्न लागेको घोषणा गरेका थिए। तर यी दुईले आफ्नो नवजात छोरा गुमाएको खबर सार्वजनिक गरेका छन् । क्रिस्टियानोले सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानहरूलाई यो दुखद दुर्घटनाको जानकारी दिएका हुन्।


पोर्चुगिज नागरिक रोनाल्डो र उनकी २८ वर्षीया श्रिमती जर्जिना रोड्रिग्वेज जुम्ल्याहा बच्चाको आमाबुवा बन्न लागेका थिए। उनीहरुकी छोरी सकुशल छिन्।रोनाल्डो र जर्जिना ले यो दुःखमा पनि छोरी साथमा भएकीले केही आशा भएको बताए।

क्रिस्टियानोले इन्स्टाग्राममा लेखेका छन्, ‘धेरै दुस्खका साथ यो भन्नुपर्छ कि हाम्रो छोरा यो संसारमा रहेन। हामी यो घटनाले गहिरो पीडामा छौं र यो समस्याको समयमा हाम्रो गोपनीयताको सम्मान गर्न अपील गर्दछौं।ु

क्रिस्टियानोको यो पोस्टपछि विश्वभरका उनका फ्यानहरुले उनलाई माया र समवेदना पठाइरहेका छन्।

रोनाल्डो सन् २०१० मा पहिलोपटक पिता बनेका थिए। उनको छोराको नाम क्रिस्टियानो जुनियर हो। यसपछि सन् २०१७ मा क्रिस्टियानो जुम्ल्याहा सन्तानको पिता बनेका थिए। क्रिस्टियानोको जर्जिना रोड्रिग्वेजसँग पनि पहिला जन्मिएकी एक छोरी छिन्। उनको जन्म २०१७ मा भएको थियो।

You can share this post!

Total Share : 946 Total Views : 6.7 K

प्रतिक्रिया