news-details

सिक्किमको टिस्टा त्रिवेणीमा यसरी मनाइयो माघे संक्रान्ति

Total Share : 731 Total Views : 5.2 K

काठमाडौ । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस बर्ष साधारण रुपमा माघे संक्रान्ति बन्बो उत्सव पालन गरेका छन् ।

लप्चु पेशोक समष्टि द्वारा आयोजित टिस्टा त्रिवेणीमा धामी झाक्री द्वारा पुजा आर्चना गरि पालन गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिनुभयो ।

गोरामुमोले प्रत्येक बर्ष टिस्टा त्रिवेणीमा भब्य रुपमा माघे संक्रान्ति बन्बो उत्सव पालन गर्ने गरेको थियो ।

बर्तमान समयमा देशमा कोरोना संक्रमण बढेको कारण सरकारी अध्यादेशलाई पालन गर्दै केवल समष्टि कमिटीका सदस्यहरुको उपस्थितिमा माघे संक्रान्ति पालन गरेको लप्चु पेशोक समष्टिका महासचिव तेन्जिङ भुटियाले जानकारी दिनुभयो ।

गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङ द्वारा माघे संक्रान्ति बन्बो उत्सवको शुरुआत गरिएको गोरामुमोले यसलाई प्रत्येक बर्षनै भब्य रुपमा पालन गर्दै आएको तेन्जिङ भुटियाले जानकारी दिदै भन्नुभयो, हामीले आज गोरामुमो केन्द्रीय समिति , ब्राञ्च कमिटी कसैलाई पनि निमन्त्रणा दिएनौ कोरोना भाइरसको संक्रमण बढेपछि सरकार द्वारा जारी अध्यादेशलाई पूर्ण रुपमा पालन गर्दै केवल पन्ध्र जना भेला भएर मनाएका हौं ।

आफ्नो संस्कृति परम्परालाई बचाउनको निम्ति निरन्तरता दिएको उहाँले जानकारी दिनुभयो ।

हामीले पुजा आर्चना गरि गोर्खाहरुको समस्याको समाधान चाडैं होस् साथै यस महामारीलाई ईश्वरले मुक्त दिउन भनी प्रार्थना चढाएका छौँ साथै अर्को बर्ष भब्य रुपमा माघे संक्रान्ति बन्बो उत्सव मनाउने तेन्जिङ भुटियाले थप जानकारी दिनुभयो ।

You can share this post!

Total Share : 731 Total Views : 5.2 K

प्रतिक्रिया