news-details

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

Total Share : 0 Total Views : 0

एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । उपाध्यक्षमा दयाराम सिंखडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याएकी थिइन् । सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए । 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया