news-details

कोदो खाँदा स्वास्थ्यमा हुने फाईदाहरु जान्नुहोस् :

Total Share : 1.1 K Total Views : 7.6 K

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन ।

यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो खाँदाका फाइदा
मुुटु रोग लाग्न दिँदैन ।एन्टिअक्सिडेन्ट गुण हुन्छ ।हाड बलियो बनाउँछ ।बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।नराम्रो कोलेस्ट्रोल घटाउँछ ।शरीरको विषाक्तता बाहिर निकाल्छ ।पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।रगतको कमी हुन दिँदैन ।कब्जियत हुन पाउँदैन ।टाइप २ मधुमेहबाट जोगाउँछ ।
स्तन क्यान्सर हुन दिँदैन ।

शारीरिक तौल नियन्त्रित राख्छ ।रक्तचाप घटाउन प्रभावकारी हुन्छ ।मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।रोगप्रतिरोधी क्षमता बढाउँछ ।फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।ऊर्जाको राम्रो स्रोत हो । पित्त थैलीमा पत्थरी हुन दिँदैन ।मीठो निद्रामा सघाउँछ ।छाला चम्किलो बनाइराख्छ ।घाउ छिटो भरिन सघाउँछ ।आमाको दूध बढाउँछ ।मोटाहरूका लागि उपयोगी हुन्छ ।सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।कुपोषण हुन दिँदैन ।

 

 

You can share this post!

Total Share : 1.1 K Total Views : 7.6 K

प्रतिक्रिया