news-details

एम्बाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

Total Share : 1.2 K Total Views : 8.2 K

केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा सानदार जित निकालेको छ ।

 

सोमबार राति भएको अन्तिम ३२ को खेलमा पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को फराकिलो जित निकाल्यो।

खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाएका थिए। उनले नुनो मेन्डेसको कर्नरमा उत्कृष्ट हेड गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्‍यो।

उसका लागि एम्बाप्पे एक्लैले तीनै गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

  यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल पुरा गरेका छन्।

 

यो जितसँगै पछिल्ला ७ फ्रेन्च कपको उपाधि जितेको पिएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ।

 

खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो।

You can share this post!

Total Share : 1.2 K Total Views : 8.2 K

प्रतिक्रिया