१ असोज तनहुँ । गण्डकी प्रदेशको तनहुँ जिल्ला अन्तर्गत पृथ्वीराजमार्गमा पर्ने मुसेखोला नजिकै ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ।
डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक व्यास नगरपालिका–१ बुल्दीखोलामा बिहान सडकबाट १० मिटर तल दुर्घटना हुँदा लगभग २७ वर्षीय चालकको मृत्यु भएको हो।
हालसम्म मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही ट्रकमा सवार कावासोतीका १४ वर्षीय राजकुमार विक भने घाइते भएको छ । उनको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया