२८ भाद्र लमजुङ । लमजुङको सदरमुकाम वेसीशहर नगरपालिका ०८ भिमसेनस्थान चोकमामा गए राती दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार बेसीशहर नगरपालिका वडा नं. ८ निवासी २० बर्षीय राजेश परियारको मृत्यु भएको छ, यस्तै मोटरसाइकल चालक २१ बर्षीय मनोज मरहठ्ठा घाइते भएका छन् । मरहठ्ठाको जिल्ला अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।
वेसीशहर नगरपालिका ०७ मनाङे चौताराबाट आउँदै गरेको ग २१ प १७५२ नम्वरको मोटरसाइकल अनियन्त्रित भाइ गए राति साढे ११ बजे तिर दुर्घटना भएको प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रतिक्रिया