news-details

अदालतको फैसलाका विरुद्धमा आन्दोलन गर्न मिल्दैन, यसले एमालेलाई कलंकीत बनाउँछ : जगन्ननाथ खतिवडा

Total Share : 2.3 K Total Views : 16.1 K

काठमाडौं। एमाले नेता जगन्ननाथ खतिवडाले सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलन घोषणा गर्नु एमालेका लागि घातक हुने बताएका छन्।


नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा बोल्दै नेता खतिवडाले लोकतन्त्र, संविधान र विधिको शासन मान्छु भन्नेहरुले अदालतको फैसलाविरुद्ध आन्दोलन गर्नु उल्टो हुने बताएका हुन्।


उनले भने, ‛लोकतान्त्रीक पार्टीले अदालतको फैसलाका विरुद्धमा आन्दोलन गर्न मिल्दैन, यसले एमालेलाई कलंकीत बनाउँछ।’

नेता खतिवडाले ओली नेतृत्वको सरकार हुँदा एमालेको सरकार भएजस्तो अनुभूति कहिल्यै नभएको दावी गरे।एकातिर सरकार आफ्नो जस्तो नलागेको र अर्कोतिर लोकतन्त्र र संविधानको दिनप्रति दिन हुर्मत लिने काम ओलीले गरिरहेकाले त्यसको विकल्प खोजनु परेको उनको भनाई थियो।लोकतन्त्र र संविधान जोगाउनका लागि आफूहरुले ओलीलाई हटाउन बाध्य भएको नेता खतिवडाले स्पष्ट पारे।

You can share this post!

Total Share : 2.3 K Total Views : 16.1 K

प्रतिक्रिया