news-details

आज कोरोना वाट निको हुनेको संख्या ६०८० जना

Total Share : 3.4 K Total Views : 23.9 K

पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६०८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ११६ जनाको मृत्यु भएको छ । 
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । 

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । 
यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ । 

 

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।  

You can share this post!

Total Share : 3.4 K Total Views : 23.9 K

प्रतिक्रिया