यसखबर ब्युरो काठमाण्डौ । जोसियल डिजिटल मार्केटिङ्क नामक एक बिदेसी कम्पनीले सर्बसाधारण नेपालीहरुलाइ विभिन्न प्रलोभनमा पारेर धन्दा चलाईरहेको पाईएको छ । कोभिडको माहामारीमा पनि अनेक प्रकारका आम्दानी तथा उपहारका योजना देखायर नेटवर्किङ सैलीमा सर्बसाधारण जनताहरुलाई ठगी रहेको श्रोत ले जनायको छ ।
नेपालमा बस्तुको प्रत्यक्ष बिक्री ब्यबस्थापन तथा नियमन ऐन २०७४ र नियमावली २०७६ जारी भई लागू भैसकेको अवस्थामा पनि जोसियल नामक बिदेसी कम्पनीले गैरकानुनी नेटवर्किङ धन्दा चलाईरहेको श्रोतले जनायको छ।
जईमी मार्च को नाममा बेलायतमा दर्ता भयको भनियको जोसियल कम्पनीले नेपालबाट करोडौको रकम उठाइसकेको पाईयको छ। जनही ६० अमेरिकन डलर लगानी गरेर ३ महिनामा जनही १२० अमेरिकन डलर पाउने महत्वकांक्षाको प्रलोभन सहितको आस्वाशन देखायर ठगी धन्दा गरिरहेको श्रोतले जनायको छ ।
नेपाल बाट जोसियलको नाममा कारोबार गर्ने हरुलाइ भारतको लखनउमा लगी सम्मान गर्ने गरेको पाइएको छ । प्रबिधीको बिकास संगै यस्ता डिजीटल कारोबारहरु अत्याधिक मात्रामा बढीरहेको तथा त्यस्ता कारोबार गर्ने संस्थाहरुको बिबरणहरु जुटायर गलत गर्नेहरुलाइ कारबाहीको दायरामा ल्याने तयारी रहेको श्रोतले जनायको छ ।
यस्ता डिजीटल मार्केटिङ्क नामक कम्पनी मार्फत हुने कुनैपनी पैसाको कारोबार नेपाल सरकारको नियम कानुन अनुसार कुनै निकायमा पनी आबद्व भयर गरेको पाइएको छैन । जोसियलमा सदस्यहरु जोडे बापत प्राप्त हुने रकम क्रिप्टोकरेन्सी हरु मार्फत अबैध तरिका बाट लिने गरयिको पाइएको छ । यस्ता प्रकारका थुप्र्रै सोसल मिडीयाको नामा हुने डिजीटल नेटवर्किङ्ग कम्पनीहरुलाइ भारत लगायतका देसहरुमा अनुसन्धान तथा कारबाही समेत गरीयको छ।
प्रतिक्रिया