नेपाल राष्ट्र बैङ्कले आयातमा केही लचक नीति अपनाएको छ । अब एक पटकमा अधिकतम एक लाख अमेरिकी डलर वा सो बराबरको परिवत्‌र्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न पाइने भएको छ । व्यवसायीहरुले राष्ट्र बैङ्कलाई आयात नीति खुकुलो बनाउनुपर्ने बताइरहेका बेला केन्द्रिय बैङ्क सो नीति प्रति लचक देखिएको हो ।
राष्ट्र बैङ्कले एकीकृत निर्देशिका संशोधन गर्दै एक लाख डलरसम्मको सिमा बनाइएको हो । राष्ट्र बैङ्कका अनुसार यस अघि ५० हजार डलरसम्मको मालसामान आयात गर्न पाइन्थ्यो । यसले आयात अझै बढ्ने देखिन्छ । नेपाल राष्ट्र बैङ्ककै चालु सात महिनाको तथ्याङ्कले ८ खर्ब ३ अर्ब ८४ करोडको मालसामान आयात भएको देखाउँछ ।
प्रतिक्रिया