news-details

सुन्दरता बढाउन युवतीले गरेकी थिइन् शल्यक्रिया, अब कुहिन थाल्यो नाक

Total Share : 860 Total Views : 6.1 K
twitter sharing button
एक रियालिटी टिभी स्टारले आफ्नो सुन्दरता बढाउनका लागि कस्मेटिक सर्जरी गर्ने निर्णय गरेकी थिइन् । तर अब महिलाको नाक कुहिन थालेको छ । महिला आफैंले इन्स्टाग्राममा दोस्रो शल्यक्रिया गराउनका लागि आर्थिक मद्दत मागेकी छिन् ।
 
 
 

डेली मेलको रिपोर्ट अनुसार २९ वर्षकी युवती एनास्तसिया वलिन्स्कया, बेलारुसमा बस्छिन् । एनास्तसियाका अनुसार शल्यक्रियामा गडबडी भएका कारण समस्या निम्तिएको हो । उनले इन्स्टाग्राममा आफ्नो नाक कुहिएको तस्बिर जारी गरेकी छिन् ।

 

एनास्तसियाका अनुसार उनको नाक असाध्यै सुन्निएको थियो । उनले कस्मेटिक सर्जरी गराएको थुप्रै वर्ष बितिसकेको बताएकी छिन् तर अब नाक बचाउनका लागि उनले ढिला नगरी शल्यक्रिया गर्नुपर्ने बताएकी छिन् ।

 

उनले भनेकी छिन्, ‘डाक्टरले मलाई नाक बचाउनका लागि दुई महिनाको मात्र समय भएको बताएका छन् ।’

 

एनास्तसियाले इन्स्टाग्राममा आफ्नो समस्या सेयर गर्दै भनिन्, ‘अब मसँग उपचारका लागि पर्याप्त समय छैन र मैले ऋण पनि लिन सकिरहेकी छैन । ’

उनले आफूलाई प्लास्टिक सर्जरीको पीडित बताउँदै प्रशंसकसँग मद्दत मागेकी छिन् ।

 

You can share this post!

Total Share : 860 Total Views : 6.1 K

प्रतिक्रिया