news-details

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Total Share : 1.1 K Total Views : 7.6 K

काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

सोमबार र मंगलबार लगातार दुई दिन स्थिर रहेको सुनको मूल्य आज ३०० रूपैयाँले बृद्धि भएको हो । आज ‍छापावाला सुन प्रतितोला ८६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज प्रतितोला १० रूपैयाँ घटेर १२७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

You can share this post!

Total Share : 1.1 K Total Views : 7.6 K

प्रतिक्रिया