news-details

प्रचण्डले ६ वर्षका नातीका लागि मासिक शुल्क ५० हजार तिर्छन, कार्यकर्ता भन्छन् सामुदायिक स्कूल जाउँ

Total Share : 645 Total Views : 4.5 K

काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौ महाधिवेशनमा जनमुखी शिक्षाको कुरा उठ्यो । नेताहरुले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउनुपर्ने र त्यसको गुणस्तर बढाउनुपर्नेमा जोड दिए । कम्तीमा केन्द्रीय सदस्यहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग महाधिवेशनमा उठ्यो । पार्टीलाई गाउँ फर्काउन र जनमुखी शिक्षामा जोड दिइएको थियो ।

यो उद्घोष वास्तवमा अध्यक्ष आफैले गरेका थिए । तर लागू हुन नसकेको भन्दै नेता कार्यकर्ताले बन्द सत्रमा आवाज उठाए । तर अहिले भने प्रचण्ड आफैलाई यो उद्घोष आफ्नै लागि समस्या भएको छ । किनकी उनकै नाती काठमाडौका निकै महंगो विद्यालयमा पढ्छन् । उनका ६ वर्षका नातीका लागि प्रचण्डले मासिक ५० हजार खर्च गर्छन । मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार कम्तीमा केन्द्रीय सदस्यहरूका लागि यो नियम लागू हुनुपर्ने माग गरे । युलेन्स स्कुलमा स्व। प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका ६ वर्षे छोरा कक्षा २ मा पढ्छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो ।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा माथि २५ समुहले छलफल गरिरहेको छ । समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागू गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको जनाइएको छ ।

 

You can share this post!

Total Share : 645 Total Views : 4.5 K

प्रतिक्रिया