news-details

कांग्रेस महामन्त्रीको ९ सय मत गन्दा गगन थापालाई ५५९ भोट

Total Share : 688 Total Views : 4.8 K

नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।

९०० मत गन्दा गगनले ५५९ मत पाएका छन्। 

दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

९००मतगणनामा

  • विश्व प्रकाश शर्मा ३५७
  • प्रदिप पौडेल ३००
  • प्रकाश शरण महत २९७
  • मिनेन्द्र रिजाल १५३
  • राजाराम कार्की ३१

कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।    

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

You can share this post!

Total Share : 688 Total Views : 4.8 K

प्रतिक्रिया