news-details

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने

Total Share : 1.8 K Total Views : 13 K

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन्। बायाँ हामस्ट्रिङका कारण उनले टेस्ट गुमाउन लागेका हुन्।

उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचाललाई टिममा बोलाइएको छ।

रोहित अभ्यासका क्रममा घाइते भएका थिए। हाल भारतीय टिम मुम्बईमा क्वारेन्टिनमा छ। भारतीय टिम यही साता दक्षिण अफ्रिका जाँदैछ।

पछिल्लो १२ महिनामा रोहितले चोटका कारण दोस्रो मुख्य सिरिज गुमाउन लागेका हुन्।

चोटका कारण रोहितले यसअघि अस्ट्रेलियाविरूद्धको सुरुवाती दुई टेस्ट गुमाएका थिए।

यता दक्षिण अफ्रिकाका क्वान्टन डि ककले पनि भारतविरूद्धको टेस्ट गुमाउने भएका छन्। पहिलो सन्ताका पिता बन्नुअघि उनले राष्ट्रिय टिमबाट बिदा लिएका छन्। 

दक्षिण अफ्रिका र भारतबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ। पहिलो टेस्ट २६ डिसेम्बरमा सुरू हुनेछ।

 

 

You can share this post!

Total Share : 1.8 K Total Views : 13 K

प्रतिक्रिया