news-details

सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने

Total Share : 645 Total Views : 4.5 K

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा  सुजाता कोइरालाले उप-सभापतिमा उम्मेदवारी दिने भएकी छन्।

कोइराला परिवारकी नेतृ सुजाताले प्रकाशमान सिंहको तर्फबाट उपसभापतिमा उम्मेदवार दिने सिंहको सचिवालयले जनाएको छ। यद्यपी कुन गुटबाट उनले उम्मेदवार दिन लागेकी भन्ने खुलेको छैन। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ-आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन्।

सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी क-कसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले छलफलमा छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार नै छान्न सकेको छैन। उम्मेदवार तय गर्न आज बिहान पौडेल निवास बोहराटारमा छलफल जारी छ। प्रकाशमान सिंह र शेखर कोइरालाले कसले कसलाई सभापति छाड्ने निर्णय गर्न नसक्दा सर्वसम्मत उम्मेदवार दिने पौडेल पक्षको सम्भावना कमजोर हुने देखिएको छ।

 

You can share this post!

Total Share : 645 Total Views : 4.5 K

प्रतिक्रिया