news-details

हाइपर फण्ड भनिने भर्चुअल लगानीको प्लेटफर्म बन्द : केही लिडर पक्राउ केहीको भागाभाग

Total Share : 6.7 K Total Views : 47 K

धेरै नेपालीहरुले आफ्नो लगानी लगाएको नेटवर्किङ शैलीको ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानीको प्लेटफर्म अहिले लाइ भने बन्द भएको छ ।
केहि समययता हाइपर फण्डको अफिसियल साइट नखुल्ने गरेको, एमओएफ हराएको, एमओएफ एक्सचेन्ज गर्ने अप्सन नदेखिएको हुँदा यसमा लाखौं पैसा लगानी गरेकाहरु आत्तिएका छन। तर हाइपर फण्डमा लामो समयदेखि लगानी गरि काम गरिरहेका टिम लिडर भनिनेहरुका अनुसार अहिले हाइपर फण्डले विभिन्न किसिमका अपडेटहरु गरिरहेको र उक्त अपडेट गर्ने कामका लागि सेवा अवरुध्द भएको जानकारी दिएका छन । केही दिन पछी नया तरीका बाट सुरु हुने हल्लाले लगानी कर्ता लाइ साम सुम पार्न लिडरहरु लागी परेका छन भने केही लिडरहरु भारत लगायत खाडी मुलुकमा पलायन भयका छन ।
क्रिप्टो नेटवर्किङ बाट आफुहरु ठगीयको थुप्रै उजुरीहरु सी आइ बी मा आयको हुनाले अनु सन्धानको लागी केही लिडरहरुलाइ पक्राउ गरीयको श्रोत ले जनायको छ ।


नेपालभित्रकै केहीले मनग्गे मुनाफाको लोभमा घरजग्गा बैंकमा धितो राखेरसमेत यस्ता भर्चुअल नेटवर्कमा डलरमा लगानी गरिरहेका छन । मौखिक र भर्चुअल रूपमा एकले अर्कोलाई फसाउँदै सदस्य बढाउने क्रम व्यापक देखिएको छ । नेपाल सरकारको बाणिज्य बिभाग तथा राष्ट्रबैकले सुचना जारी गरी यस्ता कामहरु गैरकानुनी भएकोले सजग रहन सचेत गराइ सकेको छ । 

You can share this post!

Total Share : 6.7 K Total Views : 47 K

प्रतिक्रिया