news-details

यस्ता छन् हिँड्नुका फाइदै-फाइदा

Total Share : 3.1 K Total Views : 22.1 K

रक्तचाप नियन्त्रण गर्न तथा मोटपनाको समस्याबाट छुटकारा पाउनका लागि हिँड्नु फाइदाजनक हुने अध्ययनले देखाएको छ । 

हिँड्नु शरीरका लागि धेरै तरिकाबाट लाभ हुने विभिन्न अध्ययनले देखाएको छ । तर वैज्ञानिकहरूका अनुसार कुन गतिमा हिँडिएको छ, त्यसमा पनि निर्भर हुने हुन्छ । रक्तचाप घटाउनका लागि तीन मिनेट, मुड सुधार गर्नका लागि पाँच मिनेट, रगतमा चिनीको मात्रा घटाउनका लागि १५ मिनेट र शरीरको बोसो घटाउनका लागि खाना खाएपछि ३० मिनेट, मुटुरोगको जोखिम कम गर्न ४० मिनेट हिँड्नु फाइदाजनक हुने देखिएको छ । 

त्यस्तै, युनिभर्सिटी अफ क्यालिफोर्नियाले ६ हजार महिलाहरूमा गरेको अध्ययनअनुसार दैनिक चार किलोमिटर हिँड्ने महिलामा स्मरणशक्ति घट्ने जोखिम वा अल्जाइमरको जोखिम १७ प्रतिशतले घट्छ । वैज्ञानिकहरूका अनुसार राति सुत्नु र बिहान हिँड्नुको बीच पनि एक सम्बन्ध हुन्छ । अमेरिकाको फ्रेड हचिन्सन रिसर्च सेन्टरले गरेको अनुसन्धानले ५० देखि ७५ वर्ष उमेरका मानिस दैनिक एक घन्टा बिहान हिँड्दा उनीहरूमा अनिद्राको समस्या हट्ने पत्ता लगाएको छ ।

ब्रिटिस जर्नल स्पोर्ट्समा प्रकाशित अनुसन्धानअनुसार हिँड्दा शरीरमा दुखाइ हटाउने एन्डोर्फिन हार्मोन उत्पादन हुन्छ जसले धेरै तरिकाले फाइदा पुर्‍याउँछ । हिँड्दा मस्तिष्कमा रक्तसञ्चार बढ्छ । अन्वेषकहरूका अनुसार हिँड्नाले रक्तचाप र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ । यसले मुटुरोग, मधुमेह र फोक्सोको रोगको जोखिमलाई पनि  छ ।

You can share this post!

Total Share : 3.1 K Total Views : 22.1 K

प्रतिक्रिया