news-details

सम्बन्ध प्रेम र पाठ

Total Share : 2.9 K Total Views : 20.6 K

- अमृत थापा

प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् , जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ त्यसैले मलाई प्रेमको अगाडि दूरी खासै ठूलो कुरा हो जस्तो लाग्दैन । मेरो विचारमा हरेक प्रेममा दूरी हुन्छ, र यस दुरीको बिचमा विश्वास जहाँ विश्वास छ त्यहाँ कुनै दुरीले प्रेमलाई क्षति पूराउन सक्दैन । प्रेम अनमोल छ, प्रेम असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ, र जति गहिरो हुन्छ त्यतिनै प्रेम गहिरो हुन्छ ।

जहाँ प्रेम हुन्छ, त्यहाँ रिसाउने र फकाउने काम स्वतः भैहाल्छ । प्रेममा रिसाउनु र फकाउनुको आफ्नै किसिमको आनन्द हुन्छ । हामी त्यसैसँग रिसाउँछौं जसलाई प्रेम गछौं अनि उसैलाई फकाउने प्रयास गछौं जोसित हाम्रो प्रेम हुन्छ । बिना प्रेम न रिसाउने, न त फकाउने कारण बन्छ । झगडाले प्रेमजोडीलाई नजिक त ल्याउँछ नै, साथै प्रगाढता पनि बढाउँछ ।

प्रेममा जहाँ एक-अर्कासंग आशा हुन्छ त्यही एक अर्काप्रति गुनासो पनि, प्रेममा मन कोही एकजनामाथि गएर स्थिर हुन्छ, जिद्दी हुन थाल्छ र आफ्नो प्रियमाथि अधिकार जमाउने अनि उसबाट धेरै कुराको आशा-अपेक्षा गर्न थाल्छ । गुनासो अपेक्षावाट जन्मिन्छ र तव जीवनको जमिनमा दुःखको विजारोपण हुन्छ अनि व्यक्तिले अपेक्षा एवं गुनासोवाट नै तिनका नकारात्मक प्रभाव बुझ्न थाल्छ ।

जहां प्रेम छ त्यहाँ प्रतीक्षा र राहत पनि हुन्छ प्रतीक्षा दुःख हो भने राहत सुख । दुवै एक-अर्कासंग जोडिएका हुन्छन् । प्रेममा जसले पीडा दिन्छ उसैले राहतको मल्हम पनि लगाउँछ । यही नै प्रेमको जादू हो । प्रेमीको धैर्यताका पछाडि उसको प्रतीक्षा नै हुन्छ जसले उसमा हरेक स्थिति परिस्थितिसित लड्ने आत्मविश्वास कायम राख्छ ।

प्रेमसंगै इर्ष्या र क्रोध पनि आफैँ जन्मन्छ । प्रेममा व्यक्तिलाई जलन पनि हुन्छ र रिस पनि उठ्छ। प्रेमी आफ्नो प्रियालाई सधै सँगालेर राख्न चाहन्छ, उसमाथि आफ्नो एकाधिकार कायम गर्न खोज्छ । ऊ कहिल्यै पनि आफ्नो प्रेमीलाई तेस्रो व्यक्तिले चाहोस् भन्ने चाहदैनन्, | दुईबीच तेस्रो व्यक्तिले उसमा ईर्ष्या पैदा गराउछ । इष्र्ष्याले क्रोध जन्माउँछ र यसैबाट जीवनमा दुःख, हानि र पश्चातापका बारेमा व्यक्तिले बुझ्न अनि सिक्न थाल्छ ।

 प्रेममा सर्त र शंकाको उपस्थिति हुन्छ । विश्वास सांचो प्रेमको आधार भए पनि यो सजिलै प्राप्त हुँदैन । प्रेमीले कैयन् अवस्थामा शर्त र शंकाको घेरामा उभिनुपर्ने हुन्छ । प्रेमीले आफ्नो प्रियलाई बाँध्न कैयन पटक शर्तहहरूको सहारा लिन्छ, नियम बनाउँछ, दायरा सिर्जना गर्छ र जब प्रेमी अलिक टाढिन्छ आफूबाट कुनै अन्य कारणले तब प्रेमीको मनमा शंकाले स्थान पाउँछ । जसबाट आपसी सम्बन्धमा चिसोपन बढ्ने सम्भावना हुन्छ । जीवन कति संयमताका साथ जिउनुपर्छ भन्ने ज्ञान प्रेमले नै दिन्छ ।

हाम्रो जीवनमा केही पनि कुरा स्थिर हुँदैन, सबै क्षणभरका लागि हुन्छ र यही भयले व्यक्तिलाई असुरक्षा प्रदान गर्छ । यस्तै असुरक्षाको सामना प्रेममा गर्नुपर्ने हुन्छ । प्रेमीबाट विछोड हुने कुराले नै भयभीत गराउँछ । असुरक्षाको यही भावले विश्वास सिर्जना हुन दिंदैन वा भनौ विश्वासको कमीले असुरक्षालाई जन्म दिन्छ । प्रेमलाई सधै एक समान स्वस्थ, सुखद राख्नसम्भव हुँदैन । यसैबाट व्यक्तिले कुनै पनि कुराको स्थिरता नहुने ज्ञान प्राप्त गर्छ।

प्रेमीका साथमा रहँदा बदला र विद्रोहको भावना प्रबल हुन्छ संसारको सामाजिक नियम रीतिरिवाजमा बाँधिन मन लाग्दैन । प्रेमका विरुद्धमा भएका व्यक्तिसित विद्रोह गर्न प्रेमले नै सिकाउँछ । यस स्थितिमा प्रेमीलाई आफूभित्र लुकेको हिम्मत र ऊर्जाको ज्ञान हुन्छ।

जहां प्रेम छ त्यहां दया करुणा पनि हुन्छ । प्रेममा निर्दयी हृदय पनि पग्लन्छ । प्रेममा व्यक्ति आफ्नो भन्दा प्रेमीको चिन्तामा समय व्यतीत गर्छ । हृदय भावुक एवं संवेदनशील हुन थाल्छ । अरूको विवशता बुझ्न थाल्छ र माफी दिन पनि सिक्छ ।

प्रेमीका लागि उसको प्रेम नै सेवा हो । ऊ आफ्नी प्रेमीका लागि केही न केही गर्न चाहिरहन्छ । ऊ आफ्नी प्रेमीको भावनाको कदर मात्र गर्दैन उसको सम्मान पनि गर्छ । प्रेमीको मनको भाव बुझेर उसले व्यक्त गर्नुपूर्व नै सबैथोक पूरा गर्ने क्षमता वृद्धि हुन्छ । प्रेममा व्यक्ति आफ्नो प्रेमी सेवाका लागि जति अवसर पाए पनि कमी भएको बुझ्छ, त्यसैले आफ्ना प्रियको सम्मानमा उसको खुसीमा नै आफ्नो खुसी महसुस गर्छ।

प्रेममा व्यक्तिको स्वीकार भाव पनि बढ्छ । ऊ कुनै पनि स्थिति परिस्थितिलाई स्वीकार गर्न सक्ने बन्छ । प्रेमी प्रेममा कहिल्यै नाफा नोक्सानको व्याख्या गर्दैन । अतः आफ्नो प्रियलाई उसको गुण दोष, कमी कमजोरी सबैका साथ सहज रूपमा स्वीकार गर्छ । उसलाई ज्ञान हुन्छ कि स्वयंलाई बचाएर कसैको हुन सकिदैन त्यसैले ऊ पलपलमा मेटिन तत्पर रहन्छ र मेटिएर नै बन्छ ।

You can share this post!

Total Share : 2.9 K Total Views : 20.6 K

प्रतिक्रिया