news-details

अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना संक्रमण

Total Share : 430 Total Views : 3 K

काठमाडौँ- अमेरिकामा २ करोड ४६ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।


पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४६ लाख २६ हजार ३७६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ४५ लाख ५१ हजार ६८५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ६६ हजार ७१ जनामध्ये २८ हजार ५५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४२२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ६२० पुगेको छ ।

 

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया