news-details

बेसिशहरमा कोरना संक्रमण तिब्र बन्दै

Total Share : 1.3 K Total Views : 9.4 K
लमजुङ सदरमुकाम बेसिशहरमा कोरना संक्रमण तिब्र बन्दै गएको छ । जिल्लाभर १ सय ८३ जना संक्रमित छन् । आइसोलेसनमा ७० जना रहेका छन् । संक्रमितमध्ये धेरैजसो सदरमुकाम बेसीसहरका छन् ।
 
पछिल्लो समय दैनिकजसो संक्रमित थपिरहेका छन् । थपिएका अधिकांश संक्रमित सदरमुकाम बेसीसहरमा कार्यक्षेत्र भएका छन् । सोमबार मात्र थप ८ जना नयाँ संक्रमित थपिएका छन् ।  उनीहरु सबै बेसिशहरका हुन् । सोमबार पुष्टि भएका नयाँ संक्रमितमा ३ जना प्रहरी, ३ जना बैंक तथा वित्तिय क्षेत्रमा कार्यरत, १ जना बेंसीसहर नगरपालिका र १ जना लमजुङ मोडेल अस्पतालमा कार्यरत स्वास्थयकर्मी रहेका छन् । 
 
सदरमुकाम बेसीसहरमा कार्यक्षेत्र बनाएका प्रहरी, बैंक, फाइनान्स, सहकारी, व्यवसायी, सञ्चारकर्मी, स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । सबै क्षेत्रका नागरिकहरुमा कोरोना देखिएपछि दुईसाता यता बेसीसहर बजार सुनसान बनेको छ । 
05530dd7-33f6-4204-bf05-68ce401c248b
 
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ सामुदायिक अस्पताल, मोडल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिन थालेपछि अन्य रोगका विरामीलाई समेत उपचारमा जान समस्या भएको छ ।
 
लमजुङ मोडेल अस्पताल सिल गरिएको छ । लमजुङ सामुदायिक अस्पतालमा आइशोलेसन समेत भएकाले कोरनाका बिरामीलाई मात्र उपचार गर्ने प्रवन्ध मिलाइएको छ ।
 
सोमबारसम्म संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । कुल संक्रमित मध्ये एकसय १३ जना निको भई घर फर्किएका छन् । हाल १० महिला र ६० पुरुषको आइसोलेसनमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

You can share this post!

Total Share : 1.3 K Total Views : 9.4 K

प्रतिक्रिया