news-details

भुवनको निवेदनपछि साम्राज्ञीले वकिलमार्फत पठाइन् मौखिक जवाफ !

Total Share : 344 Total Views : 2.4 K

काठमाडौं - नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसीबीचको झगडा नेपाल चलचित्र कलाकार संघसम्म पुगेको छ । भुवन केसीले गत असार १८ गते आफ्नो चरित्रहत्या भएको भन्दै छानबिनका लागि संघमा उजुरी दिएका थिए ।

यो उजुरीका आधारमा चलचित्र कलाकार संघले साम्राज्ञीलाई संघमा बोलाएर छलफल गरेको थियो । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन निरौलाले असार २० गते साम्राज्ञीले मौखिक जवाफ दिएको बताए ।

 


उनका अनुसार साम्राज्ञीले संघमा आफूले सामाजिक सञ्जालमा भुवन केसीको नाम नलिएको र यो विषयलाई अगाडि बढाउन नचाहेकाले यसबारेमा थप नबोलेको बताएकी थिइन् ।

‘उहाँ (साम्राज्ञी शाह) २० गते अफिसमा आउनुभयो र आफ्ना कुरा राखेर जानुभयो, उहाँले मैले कसैको नाम लिएकी छैन भन्नुभयो,’ प्रवक्ता मोहन निरौलाले भने ।

उनका अनुसार साम्राज्ञीले संघले पहल गर्दा पछि असार २३ गते वकिलमार्फत मौखिक जवाफ दिएकी थिइन् । त्यसपछि भने उनी संघमा उपस्थित भएकी छैनिन् ।

‘साम्राज्ञीले केही समय व्यस्त छु भन्नुभयो, हामी अझै दुवै पक्षलाई मिलाउने पहल गरिरहेका छौं, उहाँसँग सम्पर्क भइरहेको छ,’ निरौलाले भने ।

उनले यो मुद्दा कलाकार संघले नै मिलाउने दाबी समेत गरे । उनले भने, ‘दुवै पक्षसँग कुरा भइरहेको छ, संघले नै यो मुद्दा मिलाउँछ ।’

केही समयअघि नायिका साम्राज्ञीले भुवन केसीलाई इंगित गर्दै आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् । यो आरोपपछि भुवनले यसलाई नकार्दै छानबिन गर्न भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएका थिए ।

 

You can share this post!

Total Share : 344 Total Views : 2.4 K

प्रतिक्रिया