news-details

फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

Total Share : 559 Total Views : 3.9 K

काठमाडौं -काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।d850b3b1-e5aa-49de-b3f3-9b4a70c78e31 

सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् ।

सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।b6df4540-3df3-44d0-8661-b7bed8ab3f88 

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया