news-details

घर पठाउन माग गर्दै कचनकवलको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित

Total Share : 258 Total Views : 1.8 K

काठमाडौं -आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् ।

पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले अनलाइनखबरसँग भने, ‘बीपी प्रतिष्ठानले रिपोर्ट दिन ढिलो गर्दा तनाव भइसक्यो । क्वारेन्टाइनमा बसेकाहरु भाग्न खोज्छन् ।’

उक्त क्वारेन्टिनमा बसेका र कोरोना कोरोना रिपोर्ट पोजेटिभ आएकामध्ये १७ जना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी गएराति डिस्चार्ज भएका छन् । यो खबर पाउनासाथ लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई पनि घर पठाउन जनप्रतिनिधिहरुलाई दबाव दिइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष आलमका अनुसार उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो रिपोर्टका लागि नमूना पठाएको एक हप्ता बितिसक्दा पनि प्रतिष्ठानले रिपोर्ट नदिएको उनले गुनासो गरे । ‘कहिले मेसिन बिग्रियो भन्छ, कहिले के भन्छ, रिपोर्ट नै दिँदैन,’ उनले भने ।

 

 

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया