news-details

बस्तुको प्रत्यक्ष्य बिक्रिका लागी पहिलो इजाजत आईबोस लाई

Total Share : 99.1 K Total Views : 698.1 K

नेपालमा प्रत्यक्ष बिक्री वा नेटवर्क मार्केटिङ्ग प्रणालीको कारोबार बिना कानुन धेरै पहिलाबाट चल्दै आयको थियो । दसकौ देखि अव्यवस्थित रूपमा त कहिले निर्देशिकाको भरमा चल्दै बन्द हुदै विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अबस्थामा बस्तुको प्रत्यक्ष्य बिक्रि प्रणालीले पुर्णरुपमा कानुनी मान्यता पायको छ । विभिन्न बहानामा उपभोक्ताहरूले मार खाँदै आएको तीतो यथार्थ लाई मध्य नजर गर्दै वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने एन २०७३ र वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन) गर्ने नियमावली २०७६ पारित भयपछी सम्बन्धित कम्पनीहरु इजाजतको लागी प्रकृया पुरा गर्न दौड धुपमा छन ।
यसैक्रममा बस्तुको प्रत्यक्ष्य बिक्रिको कानुनी पुर्णताका लागी बिगत लामो समयदेखी सार्थक भुमिका खेलीरहेको आईबोस ग्लोबल लाईफ इण्टरनेशनल कम्पनी ईजाजत प्राप्त गर्ने पहिलो कम्पनी बनेको छ । आईबोसले यस ब्यबसायको पहिलो इजाजत प्राप्त गरे संगै कागजमा कम्पनी र झोलामा अफिस बनायर उपभोक्ता ठग्ने कम्पनीहरुलाइ कानुन अनुसार कारबाही गर्न सरकारलाइ पनी सजीलो बनेको छ ।

बस्तुको प्रत्यक्ष्य बिक्रि पेसालाई कानुनी मान्यता दिलाउने सवालमा सम्पुर्ण पेसाकर्मीहरु तथा सरकारी संयन्त्रहरुलाइ एक ठाउमा जुटायर व्यबसायको महत्व सहीत कानुन निर्माण गर्न गराउन महत्वपुर्ण भुमिका निर्वाहगरेको आईबोस टिमले आज आफु मान्यता प्राप्त पहिलो कम्पनी भएकोमा सबैलाइ धन्यबाद दिदै आफु संग ब्याबसायीक सहकार्यको लागी आव्हान समेत गरेको छ ।

ग्रिनबुटी ब्राण्डमा स्वास्थ्य, सौन्दर्य तथा खाद्य परिपुरक संग सम्बन्धित तिन दर्जन भन्दा बढी उत्पादनहरुलाइ प्रत्यक्ष्य बिक्रि प्रणली मार्फत हजारौ बितरकहरुका माध्याम बाट उपभोक्ता माझ पुगाउने तयारीमा रहेको आइबोसले बिभिन्न क्षेत्रमा स्वरोजगारको अबसर प्रधान गर्ने तयारी समेत सकेको छ । हाल लाई देसका पुर्ब मेची देखी महाकाली सम्मका प्रमुख सहरहरुमा शाखा समेत तयारी अबस्थामा रहेको आइबोस समुहले जनायको छ ।

गलत मनसाय र योजनाका साथ व्यवसाय गर्ने हरुमाथी कानुनले कडा कारबाहीका प्राव्धानहरु बनायको छ । यो ऐन अन्तर्गत इजाजतपत्र लिई व्यवसाय गर्ने इजाजतपत्रवालाले वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्दा कम्तीमा पचास प्रशित स्वदेशी वस्तुको बिक्री वा वितरण गर्नुपर्ने व्यवस्थाले स्वदेशी उद्योगको संवद्र्धन, प्रवद्र्धन र विकासमा अत्यन्त महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । आज नेपाली युवाहरू रोजगारीको खोजीमा लगभग वार्षिक साढे तीन लाखभन्दा ज्यादा विदेश पलायन भइरहेको विकराल र काहाली लाग्दो अवस्थालाई समेत यसले न्यूनीकरण गर्न विशेष भूमिका खेल्ने निश्चित रहेको छ । वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न इजाजत लिन चाहने कम्पनीको चुक्ता पुँजी, धरौटी, अनुगमन, कारबाही, मुनाफा बितरण, क्षेतिपुर्ती, कम्पनीले प्रयोग गर्ने वनलाइन सप्टवयर तथा उपभोक्ता र बितरकहरुको हकहित सम्बन्धी ऐनमा प्रष्ट ब्यबस्था गरीयको हुंदा यो पेसा व्यबसाय संग संम्बन्धित ग्राहक तथा बितरक हरु ईजाजत प्राप्त कम्पनीमा आबद्ध हुने तयारीमा जुटेका छन भने अन्य स्वदेसी तथा केहि बिदेसी कम्पनीहरु पनी इजाजत लिने तयारीमा छन ।

You can share this post!

Total Share : 99.1 K Total Views : 698.1 K

प्रतिक्रिया