news-details

गरिबलाई मात्र नभएर जसलाई पनि लाग्न सक्छ टिबी, जान्नुहोस् टिबीका मान्यता र तथ्य

Total Share : 0 Total Views : 0

 एक व्यक्तिको शरीरमा टिबी ब्याक्टेरियाको प्रवेश हुन्छ, शरीरको प्रतीरक्षा प्रणालीले ब्याक्टेरियाहरूलाई बढ्न अनुमति दिँदैन ।

तर, शरीरको प्रतीरक्षा प्रणालीले लड्न नसकेको खण्डमा जीवाणुहरू बढ्न थाल्छ र यो रोगमा रूपान्तरण हुन्छ ।

तीन हप्ताभन्दा बढी खोकी लागेमा, लगातार खोकी लागिरहेमा, छातीमा दुखाइ, खोक्दा रगत आउने, थकान र कमजोरी, तौल घट्ने, भोक हराउने, सास फेर्न कठिनाइ, ज्वरो, राति पसिना आउने, म्यूकसको उत्पादनमा बृद्धि, सास फेर्दा तथा खोक्दा दुखाई, धेरै थकित महशुस हुनु टिबीका केही लक्षणहरू हुन् ।

टिबीका विषयमा सुनिने मिथ्या र गलत धारणाका कारण धेरै मानिसहरूले हरेक दिन ज्यान गुमाईरहेका छन् ।

यस्ता गलत धारणाका कारण मानिसहरूलाई प्रभावकारी उपचार खोज्नबाट रोक्ने तथा आफ्नो उपचार पूरा गर्न अनुमतिसमेत नदिने देखिन्छ । यस्ता छन् टिबीका मान्यता र त्यसका तथ्यहरूः

मान्यता: टिबी एक आनुवंशिक अवस्था हो ।
तथ्य: टिबीले जीनसँग केही पनि मतलब राखेको हुँदैन र त्यसैले यो वंशाणुगत रोग होइन ।

जब टिबीका बिरामीले खोक्दा वा हाच्छ्यूँ गर्दा टिबी ब्याक्टेरिया हावामा फैलिन्छ र कुनै पनि स्वस्थ मानवमा प्रवेश गर्न सक्दछ (अधिकांशतः परिवारको सदस्य जसले बिरामीको हेरचाह गर्छ) र नजिकको ब्यक्तिलाई टिबी सर्न सक्छ । विश्वको लगभग १/३ जनसंख्या टिबीबाट संक्रमित रहेको अनुमान गरिएको छ ।

मान्यता: टिबी अत्यधिक संक्रामक रोग हो ।
तथ्य: टिबीका ब्याक्टेरिया सूर्यको किरणद्वारा मर्ने तथा हावाले उडाउन सक्ने हुँदा टिबी ब्याक्टेरियाको प्रसारणको जोखिम खुला वा राम्रोसँग हावा आवतजावत गर्ने ठाउँमा कम हुन्छ । वास्तवमा चिकन पोक्स टिबीभन्दा धेरै संक्रामक हुन सक्ने सम्भावना हुन्छ ।

मान्यता: टिबीलाई लागेपछि निको हुँदैन ।
तथ्य: टिबीकाे औषधि सन् १९५० को दशकदेखि सार्वजनिक रूपमा उपलब्ध छ । यद्यपि लामो उपचार पद्धति (६ देखि ९ महिना) र औषधिसँग सम्बन्धित साइड इफेक्टका कारण बिरामीहरू प्राय: औषधिको डोज पूरा गर्दैनन्, जसले गर्दा फेरि रोग लाग्ने वा औषधि प्रतिरोधको जोखिम पैदा हुन्छ ।

टिबीका औषधि प्रतिरोधीहरूका लागि प्राय: कडा डोज दिनुका साथै उपचार गर्न पनि अधिक महँगो हुन्छ ।

यदि बिरामीहरूलाई समयमै निदान गरेर प्रभावकारी उपचार पद्दति लागू गर्नसके यस्ता ब्यक्तिहरूको पनि उपचार गर्न सम्भव छ ।

मान्यता: टिबी एक गरिब मानिसलाई मात्र लाग्ने रोग हो ।

तथ्य: गरीबी टिबीको लागि महत्त्वपूर्ण जोखिम कारक भएपनि सामाजिक र आर्थिक हिसाबले राम्रो भएका मानिसहरू समेत टिबीबाट प्रभावित हुन सक्छन् ।

हावाबाट प्रसारण हुँदै आएको टिबी ब्याक्टेरियाबाट बच्नका लागि कसैसँग पनि रोगबाट प्रतिरोध क्षमता हुँदैन ।

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया