news-details

पेट दुखेर अस्पताल लगिएकी बालिकामा कोरोना संक्रमण पुष्टि

Total Share : 2.6 K Total Views : 18.5 K

काठमाडौं - भक्तपुरमा चार वर्षकी बालिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मध्यपुर थिमिस्थित बोडे निलबाराहीकी ४ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । बालिकालाई पेट दुखेपछि काठमाडौं सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको थियो । एपेन्डिसाइटिसको अपरेसन गर्नुपर्ने भएपछि अस्पतालले ११ असारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर प्रयोगशालामा पठाएको थियो ।

 


शनिबार रिपोर्ठ आउँदा बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । संक्रमित बालिकालाई अस्पताल लगिएको छ भने परिवारका सदस्यहरुलाई होम क्वारेन्टिनमा राखिएको छ ।

‘उहाँहरुको केही दिनपछि स्वाब संकलन गर्छौं’ मिजारले भने, ‘त्यसको रिपोर्टले बालिकामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता लगाउन केही सहज होला ।’

 

You can share this post!

Total Share : 2.6 K Total Views : 18.5 K

प्रतिक्रिया