news-details

उडान सुरु गर्न तयार भयो त्रिभुवन विमानस्थल

Total Share : 0 Total Views : 0

काठमाडौं -कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग ।

साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ ।

सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी थालेका छन् । सोही क्रममा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको छ ।

अब विमानस्थलमा एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ । कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम हुनेछ । यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ । अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको जानकारी दिए । लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन् ।

यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको काम समेत गरिएको उनले जानकारी दिए । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ । यसअवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र हो

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया