news-details

वडाअध्यक्षलाई सरकारी कर्मचारीले कुटे

Total Share : 1.5 K Total Views : 10.6 K

काठमाडौं -डडेल्धुराको अमरगढी नगरपालिकामा सरकारी कर्मचारीबाट वडाअध्यक्ष कुटिएका छन् ।

अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्ट बिहीबार राति घरेलु विकास कार्यालयका कर्मचारीबाट कुटिएका हुन् ।

वडाध्यक्ष भट्टका अनुसार, घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले कुटपिट गरेका हुन् । ऐरले मदिरा सेवनगरी आएर आफूलाई कुटेको भट्टले बताए ।

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको प्रहरीले जनाएको छ ।

You can share this post!

Total Share : 1.5 K Total Views : 10.6 K

प्रतिक्रिया