news-details

नङ पाल्नुस् आउँछ शक्ति : कुन औंलामा पाल्दा के हुन्छ ?

Total Share : 430 Total Views : 3 K

काठमाडौ - उखान नै छ– सम्बन्ध हुनु त नङ मासु जस्तो । यसबाटै प्रष्टिन्छ नङको महत्व । मानिसको तथा पशुपंक्षीको शरीरमा मासुको जति महत्व छ, नङको पनि उत्तिकै । नङ मानिसको तथा पशु पंक्षी शक्ति शाली चीज हो । सिंह, बाघ र चितुवालाई हेरेर नै थाहा हुन्छ नङको शक्ति । नङ अर्थात् नङ्ग्रामा अडिएको छ तिनको अस्तित्व । सिंह, बाघ र चितुवा नङ्ग्रा बिना शिकार गर्न सक्दैन ।

पशुपंक्षीको लागि जिउने अंग बनेको नङलाई मानिसले भने आफ्नो सौन्दर्य समेत मान्छन् । त्यसैले केही मानिसले नङ पालेको देखिन्छ । पुरुषको तुलनामा महिलाले बढी नङ पाल्ने गरेको पाइन्छ । कसैकसैले हात र खुट्टा दुवैको नङ पाल्छन् । कसैकसैले हातको मात्र । नङ पाल्ने रहर गर्नु जति सजिलो छ तर त्यसलाई सफा र सुरक्षित राख्नु भने कठिन छ । यस्तै नङ पाल्नेहरुलाई नै थाहा नहुन सक्छ, कुन औंलामा पाल्दा के हुन्छ ? आध्यामिकमा विश्वास गर्नेहरु नङबाट विभिन्न शक्ति आर्जन हुने बताउँन्छन् ।

नङ कुन औलामा पाल्दा के हुन्छ ?

कान्छी औंला– कान्छी औंलाका नङ बोलीसँग सम्बन्धित हुन्छ । कान्छी औंलामा नङ पाले बोली अर्थात् स्वर स्पष्ट, तथा सुमधुर हुन्छ भन्ने आध्यामिक विश्वास छ । तसर्थ भाषण गरिरहनु पर्ने बेला, गायकगायिका र रेडियो तथा टेलिभिजनमा समाचार वाचन गर्ने संचारकमीले कान्छी औलामा नङ पाल्दा राम्रो हुने मानिन्छ ।

साइली औंला– साइली औंलाको नङ जागिर तथा रोजगारीसँग सम्बन्धित छ । साइली औंलामा नङ पाल्दा सरकारी जागिर मिल्ने तथा रोजगारीको अन्य अवसर समेत प्राप्त हुन्छ भन्ने विश्वास छ ।

माझी औंला– माझी औंलाको नङ् पराक्रम तथा बहादुरसँग सम्बन्धित छ । माझी औंलामा नङ पाल्दा पद, प्रतिष्ठा तथा पराक्रम बढ्न भन्ने मान्यता छ ।

चाेर औंला– चाेर औंलाको नङ आध्यात्मसँग सम्बन्धित मानिन्छ । चाेर औंलामा नङ पाल्न आध्यात्मतिर जान जाने विश्वास गरिन्छ ।

बूढी औंला– बुढी औंलाको नङ यौन क्षमतासँग सम्बन्धित मानिन्छ । बुढी औंलामा नङ पाले यौन क्षमता बढ्छ भन्ने विश्वास छ । उल्लेखित उपलब्धि प्राप्त गर्नको लागि महिलाले बाँया हातका औला र पुरुषले दायाँ हातका औलामा नङ पाल्नुपर्छ भन्ने मान्यता छ ।

 

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया