news-details

टोखाका कोरोना संक्रमित पुरुष किराना पसले

Total Share : 1.2 K Total Views : 8.5 K

काठमाडौं- सोमबार बिहान काठमाडौंको टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमण भेटिएका पुरुष किराना पसले भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखा थिए ।

 

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको खबर आएको छ’ मेयर प्रकाश अधिकारीले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’

उनका अनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

 

You can share this post!

Total Share : 1.2 K Total Views : 8.5 K

प्रतिक्रिया