news-details

फिट र टेन्सन फ्री रहनका लागि डान्स

Total Share : 129 Total Views : 909

 शरीरलाई स्वस्थ राख्नका लागि नियमित रूपमा व्यायाम गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

फिटनेसका लागि व्यक्तिहरू आफ्नो व्यायामको तालिकामा जिम जाने, योग गर्ने, र एक्सर्साइजको सहारा लिन्छन् ।

तर , व्यायामको लागि आफ्नो तालिकामा डान्स समावेश गर्दा खुशी हुनुका साथै स्वस्थ पनि रहन सकिन्छ ।

डान्स थेरापीको माध्यमबाट आफूलाई नकारात्मकताबाट टाढा राखेर मुड पनि राम्रो बनाउन सकिन्छ ।

डान्स थेरापीबाट रोगहरू आफूबाट टाढा राखीशारीरिक मात्र नभएर मानसिक रूपमा पनि स्वस्थ रहन सकिन्छ ।

डान्स थेरापी व्यायामको एक उत्तम विकल्प हुन सक्छ । तर, यसलाई नियमितमा सामिल गर्नु पर्ने हुन्छ ।

चिन्तित भएको समयमा केही समयको लागि आफ्नो मनपर्ने गीत लगाएर डान्स गर्दा ताजा महशूस गर्नु सकिन्छ ।

हात खुट्टाहरूमा पनि पूर्ण व्यायाम हुने हुँदा एकै समयमा फिट र फ्रेस महशूस हुन्छ ।

डान्स विशेष गरी फ्याट कम गर्नका लागि लाभदायक हुन्छ ।

फिटनेसको लागि आफ्नो तालिकामा डान्सलाई समावेश गर्दा यसले शरीरलाई शेपमा राख्न धेरै उपयोगी हुन्छ ।

डान्स गर्दा केही समयको लागि सबै तनाव बिर्सने हुन्छ । र, त्यस समयमा शरीरमा सक्रिय हार्मोनहरूले दीर्घकालीन लाभ दिन्छ ।

हाल कोरोना भाइरसको महामारी र लकडाउन कारण मानसिक रूपमा स्वस्थ राख्नका लागि डान्स थेरापीले एकदम महत्त्वपूर्ण भूमिका निर्वाह गर्न छ ।

डान्स गर्दा खुशी हुने हार्मोनहरू रिलिज हुने हुँदा तनावको स्तर पनि कम हुँदै जान्छ ।

 

You can share this post!

Total Share : 129 Total Views : 909

प्रतिक्रिया