news-details

ए.पी.जे अब्दुल कलामका प्रेरक भनाइहरु

Total Share : 4.5 K Total Views : 31.8 K

ए.पी.जे अब्दुल कलाम वैज्ञानिक तथा भारतका एघारौँ राष्ट्रपति हुन् । “मिसाइल म्यान” नामले समेत चिनिने उनि १५ अक्टोबर १९३१ मा भारतको तामिल नाडुमा जन्मिएका थिए ।

ए.पी.जे अब्दुल कलामका प्रेरक भनाइ

१. पानी परेको बेलामा अरु सबै चराले सुरक्षित वासस्थान खोज्छन् । तर, चिलले बादल माथि उडेर पानीको बेवास्ता गर्छ। परिस्थिति एकै हो , तर दृष्टिकोणले फरक पार्छ ।

२. सूर्य जस्तै चम्किन चाहन्छौ भने पहिले सूर्य जस्तै जल्ने हिम्मत गर 

३. सफल भएका कथाहरु मात्र पढ्यौ भने तिमीले संदेश मात्र पाउँछौ । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्त्वपूर्ण पाठ थाहा पाउन सक्छौ ।

४. सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न , तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।

५. आत्मविश्वास र मेहनत नै असफलताको औषधि हुन् ।

६. कुनै पनि धर्मले आफूलाई माथि देखाउन , मान्छे मार भन्दैन ।

७. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । र, त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ।

८. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन, तिमी पूर्ण रुपले जागा भएको बेला देखेको कल्पनाशक्ति हो ।

९. युवाअवस्था नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढी कल्पनाशक्ति, उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।

१०. कसैलाई हराउन एकदमै सजिलो छ, तर कसैलाई जित्न त्योभन्दा गाह्रो छ ।

११. विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो 

१२. उत्कृष्टता भनेको आकस्मिक घटना होइन, निरन्तर प्रयासको प्रतिफल हो 

१३. सानो लक्ष्य राख्नु भनेको अपराध जस्तै हो ।

 

 

You can share this post!

Total Share : 4.5 K Total Views : 31.8 K

प्रतिक्रिया