news-details

लकडाउनमा परिवारसहित फार्महाउसबाट मुम्बई पुगे सलमान खान ?

Total Share : 258 Total Views : 1.8 K

 मुम्बई - कोरोना भाइरसका कारण भारतमा पनि लकडाउन जारी गरिएको छ । बलिउडका सेलिब्रेटीहरु घरमै सीमित छन् ।

अभिनेता सलमान खान लकडाउनका कारण पनवेलको एक फार्महाउसमा फसेका थिए । उहाँ त्यहाँ पुगेका बेला भारतमा लकडाउन गरिएको थियो । फार्महाउसमा बसिरहेका सलमान खान लकडाउनकै समयमा आफ्नो बान्द्राको घर पुगेका छन् ।

 


लकडाउन पहिले सलमान खान आफ्नी आमा, बहिनी अर्पिता खान र केही परिवारका साथ फार्महाउसमा गएका थिए ।

भारतीय मिडियाले सलमान खानको परिवार मुम्बई गएको लेखेका छन् । तर, यो खबरको पुष्टि भने भएको छैन ।

यद्यपि सलमानले एक अन्तर्वार्तामा आफू परिवारसँगै बान्द्रा आइपुगेको बताएका थिए । सलमान खान आफ्नो अपकमिङ फिल्म ‘राधे’ को शूटिङ सक्नका लागि लकडाउन खुल्ने प्रतीक्षामा छन् । फिल्ममा सलमान खानका साथै दिशा पटानीलाई पनि देख्न सकिनेछ ।

 

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया