news-details

पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना संक्रमण

Total Share : 559 Total Views : 3.9 K

 काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य (खेलाडी) रञ्जित श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा हाल संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा रहेका श्रेष्ठलाई स्वाब परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

 


रञ्जितले सामाजिक सञ्जाल फेसबूकमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोनाको संक्रमण देखिए पनि आफ्नो स्वास्थ्य अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

रञ्जितले सामाजिक सञ्जालमार्फत कोरोना भाइरससँग नआत्तिन पनि सबैसँग आग्रह गरेका छन् ।

उनी सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिप प्रतियोगिता खेल्दा नेपाली टोलीमा थिए । घरेलु फुटबल प्रतियोगतामा भने उनी फ्रेण्ड्स क्बलमा आबद्ध भएर खेल्ने गर्थे ।

 

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया