news-details

रामायणले राख्यो रेकर्ड

Total Share : 559 Total Views : 3.9 K

मुम्बई : विश्वमा सबैभन्दा बढी हेरिएको टेलिभिजन सो गेम अफ थ्रोनलाई उछिन्दै रामायण सबैभन्दा बढी हेरिएको टेलिभिजन सो बन्न पुगेको छ।विश्वव्यापी रूपमा भइरहेको लकडाउन भारतमा पनि लागू छ। लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित सो ‘रामायण’ २८ मार्चदेखि पुनः प्रसारण गरेको हो।

कार्यक्रमको नयाँ रेटिङ गर्दा ‘रामायण’ ले पुरानो सबैभन्दा धेरै हेरिएको टेलिभिजन सोलाई पछाडि पारेको छ। यो भारतको मात्र हैन, पूरै विश्वकै रेकर्ड हो। विश्वमा सबैभन्दा धेरै हेरिएको सो ‘गेम अफ थ्रोन्स’ को अन्तिम संस्करणलाई रामायणले उछिनेर नयाँ रेकर्ड बनाएको हो।

१६ अप्रिलसम्म यो कार्यक्रम ७ करोड ७० लाखभन्दा धेरैले हेरेर विश्वमा नै धेरै हेरिएको टेलिभिजन कार्यक्रम बनेको छ। दूरदर्शनले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् यो कुराको जानकारी दिएको हो।

‘रामायण’ मा राम र सीताको भूमिकामा क्रमशः अरुण गोभिल र दीपिका चिखाइला छन्। रामानन्द सागरको लेखन र निर्देशनमा रामायण पहिलोपल्ट सन् १९८७ को जनवरी २५ देखि १९८८ जुलाई ३१ सम्म प्रसारण भएको थियो। ७८ भाग रहेको यो टेलि शृंखला वाल्मीकि रामायण र तुलसीदासको रामचरितमानसमा आधारित छ। एजेन्सी

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया