news-details

एकै दिन १० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४१ पुग्यो

Total Share : 1.3 K Total Views : 9.4 K

काठमाडौं : नेपालमा एकै दिन १० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार एकै दिन १० जनामाका कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका आठजना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा दुई गरे १० जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमिको संख्या ४१ पुगेको छ। मंगलबारसम्म पाँचजना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

You can share this post!

Total Share : 1.3 K Total Views : 9.4 K

प्रतिक्रिया