news-details

रियलले पनि खेलाडीको तलब काट्ने

Total Share : 0 Total Views : 0

 एजेन्सी- स्पेनिस महारथि फुटबल क्लब रियल मड्रिडले आप्ना खेलाडीको १० देखि २० प्रतिशतसम्म तलब कटौति गर्ने निर्णय गरेकोछ ।

कोरोना भाइरस (कोभिड १९) ले क्लबलाई आर्थिक संकट सिर्जना गराएको भन्दै खेलाडीको तलबमा कटौति गर्ने निर्णय गरेको हो ।

 क्लबलाई आर्थिक भार परेको भन्दै रियलले खेलाडीको तलब काट्ने निर्णय गरेको हो । स्पेनमा मार्च मध्यदेखि खेलकुद गतिविधि सबै ठप्प छन् । रियलले खेलाडी, प्रशिक्षक तथा कर्मचारीको तलब काट्ने निर्णय गरेको जनाएको छ ।

खेलाडीको तलब काट्ने निर्णय यसअघि बार्सिलानादेखि अमेरिकाका क्लबहरुले पनि गरिसकेका छन् ।

कोरोनाले असर गरेका देशहरुमा स्पेन पनि मुख्य प्रभावित देश हो । स्पेनमा अहिलेसम्म १४हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेको छ ।

यस्तै, संक्रमितको संख्या १ लाख ४८हजारभन्दा बढी रहेका छन् भने उपचारपछि ४८ हजार घर फर्किसकेका छन् ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया