news-details

एउटा सर्वेक्षण अनुसार धेरै नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ । नङ टोक्ने बानी, गर्छ गम्भीर हानि

Total Share : 43 Total Views : 303

कतिपयको बानी हुन्छ, नङ टोक्ने । फुर्सद पाउनसाथ उनीहरु नङ टोक्न थाल्छन् । जबकी आफुले नङ टोकिरहेको उनीहरुलाई भेउ हुँदैन ।

नङ टोक्ने बानी सामान्य लाग्न सक्छ । तर, यसले स्वास्थ्यमा निकै नराम्रो असर पुर्‍याउँछ । के पनि भनिन्छ भने, नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो । तर हामी हाम्रो नङ टोक्ने बानीबाट हामी सजिलै छुट्कारा पाउन सक्दैनौं ।

फोहोर नङ चपाउनाले रोगका किटानुहरु शरीर भित्र प्रवेश गर्छ

नङमा साल्मोनेला र ईकोलाई जस्ता रोगहरु उत्पन्न गर्ने किसिमका ब्याक्टेरियाहरु हुन्छन् । जब तपाइर्ं दाँतले नङ टोक्नु हुन्छ, ब्याक्टेरिया सजिलै तपाईंको मुख भित्र प्रवेश गर्छ । यस्तो स्थितिमा तपाइर्ं अवश्य पनि बिरामी पर्नु हुन्छ । विभिन्न सर्वेक्षणहरुका अनुसार हाम्रो नङ हाम्रो औंलाको टुप्पो भन्दा दुई गुणा वढि फोहोर हुन्छ । त्यसैले नङ चपाउन हाम्रो लागि अति नै हानीकारक हुन सक्छ ।

स्किन इन्फेक्सन हुन सक्छ

नङ टोक्नाले नङ वरपरका छालाको कोशिकाहरुलाई पनि हानी पुग्छ । यस्तो अवस्थामा पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ । यो एउटा स्किन इन्फेक्सन हो, जुन नङको वरपरको छालामा हुन्छ ।

दाँतलाई पनि हानी पुर्‍याउँछ

नङ चपाउनाले दाँतमा एकदम नराम्रो असर पर्छ । नङबाट निस्कने फोहोरले तपाईंको दाँतलाई कमजोर बनाउन थाल्छ । एउटा सर्वेक्षण अनुसार धेरै नङ टोक्ने मानिसहरुलाई धेरै तनाव हुन्छ । जुन व्यक्तिमा नङ टोक्ने बानी छ, त्यो व्यक्तिलाई तनाव छ भन्ने संकेत प्राप्त हुन्छ । नङ टोक्दा नङमा समावेश भएका फोहोरहरु दाँतसम्म पुगिरहेको हुन्छ, जसले दाँत कमजोर हुन थाल्छ ।

छालामा घाउ हुन सक्छ

बारम्बार नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन् । यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ । घाउ बढ्दै गयो भने त्यसको इन्फेसनले नसामा पनि हानी पुर्‍याउँन सक्छ ।

क्यान्सरको पनि खतरा हुन्छ

सधै नङ टोक्नाले अन्द्राको क्यान्सर हुन्छ । वास्तवमा नङ टोक्दा नङमा समावेश ब्याक्टेरिया हाम्रो आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ ।

यदि तपाईंको पनि नङ टोक्ने बानी छ भने आजबाट नै यो बानीबाट छुट्कारा पाउनुहोस् । किन भने नङ टोक्ने बानीले तपाईंलाई धेरै कुराहरुबाट हानी पुर्‍याउँछ ।

सावधान ! गम्भीर रोगको संकेत नङकाे रङले पनी देखाउछ

नङले औँलाको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउँछन् । तर, के नङलाई सौन्दर्यसँग मात्रै जोडेर हेरे पुग्छ ? होइन । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ । आफ्नो नङको रंग र आकारअनुसार पत्ता लगाउनुहोस् रोग :

मोटो र पहेँलो

नङको आकार मोटो हुँदै गएको छ, तर लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्छ । यो वेला नङको रंग पहेँलो हुन थाल्छ ।

पातलो र फुट्नु

नङ निकै पातलो हुँदै गएको छ र पानीमा हात डुबाउँदा नङ टुक्रिने÷चिरिने, रुखो देखिने भएको छ भने थाइराइड टेस्ट गर्नुहोस् । उच्च अवस्थाको थाइराइड नङको जराबाट पनि निस्किन सक्छ ।

फिका र सेतो

नङको रंग आधा फिका र आधा सेतो देखिएको छ भने जान्नुहोस् कि रगतमा ‘रेड ब्लड सेल’ कम बनिरहेको छ । यस्तो वेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्छ ।

गाढा निलो

नङको रंग गाढा निलो देखिएको छ भने शरीरले आवश्यक मात्रामा अक्सिजन प्राप्त गरिरहेको छैन भन्ने बुझ्नुपर्छ । यति वेला श्वासप्रश्वाससम्बन्धी रोग या नाडीमा समस्या हुन सक्छ ।

धेरै रातो

नङको रंग धेरै रातो देखिन थालेको छ भने याद राख्नुहोस् कि हाई ब्लडप्रेसरको संकेत देखियो । यस्तो वेला मुटु धेरै जोखिममा रहेको हुन्छ ।

 

You can share this post!

Total Share : 43 Total Views : 303

प्रतिक्रिया