news-details

कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका युवकको रिर्पोट नेगेटिभ

Total Share : 0 Total Views : 0

बुटवल-कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना भएका बुटवलका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको आश‌ंकामा उनको नमूना परीक्षण गरिएको भएपनि कोरोना नदेखिएको पुष्टि भएको हो ।
कोरोनाको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका ति २१ वर्षीय युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटण्डन डा. राजेन्द्र खनालका अनुसार कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।

उनले केही समय अगाडि दक्षिण कोरियाली नागरिकसँग एउटै कार्यक्रममा भाग लिएको बताइएको छ ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया