news-details

छुट्ने बेलाको आदर : प्रेरक प्रसंग

एक पटक एक चित्रकार सम्राट नेपोलियनकोमा गए । नेपोलियनले ति चित्रकारले फोहोर मैलो लुगा लगाएको देखेर उनको आदर गरेनन् र उनलाई एकातिर अलि टाढा बस्ने आदेश दिए । पछी कुराकानी गरेर थाहा पाए उनी बडो कुशल चित्रकार हुन् । केहि समयपछी चित्रकार जाने लागे तब नेपोलियन आफै उठे र उनीसग हात मिलाए । साथै उनी ति चित्रकारलाई ढोकासम्म पुर्याउन गए ।

यस प्रकारको सत्कार देखेर चित्रकारलाई बढो आश्चर्य लाग्यो । उनले डराउदै डराउदै सम्राट नेपोलियनसँग सोधे, “जब म भित्र आएको थिए तब तपाईले मलाई छेउमा बस्न समेत दिनुभएन । अब जाने बेलामा तपाई मलाई यहाँसम्म पुर्याउन आउनुभएको छ यसको कारण के हो ?

नेपोलियनले मुस्कुराउदै भने, “आउने बेलामा जुन आदर गरिन्छ, त्यो मानिसको पोशाक देखेर गरिन्छ । तर जाने बेलामा जुन आदर गरिन्छ, त्यो उसको गुण देखेर गरिन्छ ।”

You can share this post!


प्रतिक्रिया