news-details

नेपाली सेनामा जागिर खुल्यो

नेपाली सेनाले अधिकृत तहको लागि रिक्त दरबन्दी परिपुर्ती गर्न भर्ना आव्हान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले बिहीबार विज्ञापन प्रकाशन गरेको हो ।

विज्ञापनपमा खुला र समावेशीतर्फ कुल १५० सिटका लागि भर्ना आह्वान गरिएको छ । आजदेखि ८ फागुनसम्म इच्छुकहरुले आवदेन दिन सक्ने सेनाले जनाएको छ ।

उम्मेदवारहरूको उमेर हद भने शैक्षिक योग्यता अनुसार प्रमाणपत्र तह उत्तीर्ण भएका २१ सम्मका र २४ वर्ष ननाघेका स्नातक उत्तीर्णले दरखास्त दिन सक्नेछन् ।

सैनिक सेवामै रहेका २६ वर्ष उमेर पार नगरेकाले पनि अधिकृत क्याडेटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यसपटक अनलाइन आवेदन पनि दिन सकिने छ । नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत आवेदन भर्न सकिने जनाइएको छ ।

 

You can share this post!


प्रतिक्रिया