news-details

अजय देवगनको फिल्म मैदानको फर्स्ट लुक सार्वजनिक

Total Share : 0 Total Views : 0

केही दिन पहिला अजय देवगनले आफ्नो फिल्म मैदानको एक पोस्टर शेयर गरेका थिए ।

अब यो फिल्मको ‘फर्स्ट लुक’ बाट अजय देवगनले पर्दा हटाएका छन् । फिल्म मैदानमा अजय देवगन भारतीय फुटबलका महान कोच सैय्यद अब्दुल रहीकको भूमिका निभाइरहेका छन् । जसको लुक्स सार्वजनिक भएको छ ।

फिल्मको पहिलो पोस्टरमा अजय देवगनलाई कोचको लुक्समा देख्न सकिन्छ । सानो कपाल र जुँगाका साथमा उनी निकै आकर्षक देखिएका छन् ।

पोस्टरमा अजयका साथमा फुटबल टीमका खेलाडीपनि उभिएका छन् ।

खेलाडी जुन मैदानमा उभिएका छन् त्यहाँ पानी परिरहेको छ र उनीहरु माटोमा लतपतिएका छन् ।

त्यस्तै दोस्रो पोस्टरमा अजयको पूरा स्वरुप देख्न पाइन्छ । जसमा अजय एक्लै छन् । एक सामान्य मानिसको रुपमा उनले सर्ट र पाइन्ट लागएका छन् । उनको हातमा व्याग र छाता रहेको छ । साथै उनी फुटबललाई हानिरहेका छन् । उनको अनुहारमा हल्का मुस्कान पनि रहेको छ ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया