news-details

अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटना

Total Share : 0 Total Views : 0

काठमाडौं - अमेरिकी सेनाको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ ।

अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो विमान दुर्घटना भएको जनाएको हो ।
गजनी प्रान्तको देह याक जिल्लामा भएको विमान दुर्घटनाको कारण खुलाइएको छैन । यद्यपी सो क्षेत्रमा बिद्रोही तालिवानको उपस्थिति बलियो भएका कारण उसैले मिसाइल प्रहारबाट दुर्घटना गराएको हुन सक्ने आशंका गरिएको छ ।

अमेरिकी सेनाका कर्णेल सनी लेगटले समेत तालिवानले मिसाइल आक्रमण गरेर विमान खसालेको हुन सक्ने आंकलन सत्य नजिक रहेको बताएका छन । दुर्घटनामा परेको विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया