news-details

सभामुख सापकोटालाई बधाई दिन सिंहदरबार पुगिन् चिनियाँ राजदूत

काठमाडौं- सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच भेट वार्ता भएको छ ।

सभामुखको पदभार ग्रहण लगत्तै सापकोटासँग चिनियाँ राजदूत होउ यान्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

सभामुख भएसँगै सापकोटासँग भेट गर्ने उनी पहिलो विदेशी राजदूत हुन् । भेटका क्रममा सभामुख सापकोटालाई राजदूत यान्कीले बधाई दिएकी छिन् ।

आइतवार (हिजो) संसदबाट निर्विरोध निर्वाचित भएका सापकोटाले आज (सोमवार) पद तथा गोपनियताको शपथ ग्रहण गरी पद्‌भार सम्हालेका थिए ।

You can share this post!


प्रतिक्रिया