news-details

बुद्धिमान हुन खानुस् शाकाहारी खाना

Total Share : 0 Total Views : 0

काठमाडौं - शाकाहारी खाना खादा मष्तिष्कलाई ताजा राख्न मद्दत मिल्ने अनुसन्हधानकर्ताहरुले दावी गरेका छन् ।

मासुमा पाइने तत्व चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता पनि बढी हुने गर्दछ ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको अनुसन्धानदाताहरुले जनाएका छन ।

मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपाइ कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्ने बताइन्छ ।

यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावनामांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मृगौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मृगौलासंग सम्बन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानपछि अनुसन्धानदाताहरु शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउने निष्कर्षमा पुगेका हुन ।

 

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया