news-details

कामदारले पारिश्रमिक नपाएपछि सडक निर्माण रोकियो

Total Share : 0 Total Views : 0

खोटाङ- कामदारको अवरोधले खोटाङको महुरे-राजापानी -सिमपानी २२ किलोमिटर सडक कालोपत्रेको काम रोकिएको छ ।

कामदारले पारिश्रमिक नपाएको भन्दै तीन सातादेखि काम ठप्प पारेका हुन् ।

काम गरेपनि ठेकेदारले बर्षाैंदेखि झुलाएर राखेको भन्दै कामदारहरुले २० पुसबाट काम ठप्प बनाएको नागरिक पूर्वेलीमा खबर छ ।

कामदारको अवरोधको कारण गाईघाट-दिक्तेल सडकको माहुरे-फोक्सिङटार सडकखण्ड अन्र्तगतको महुरे-सिमपानी क्षेत्रमा कालोपत्रे हुन सकेको छैन् ।

कामदारहरुले प्रशासन कार्यालयमा भएको छलफलमा २० पुससम्मा पारिश्रमिक दिने भने पनि नदिइएको भन्दै काम रोकेका हुन् ।

उनीहरुले टिपर, ट्यांकरलगायतका सवारी साधनको चाबी खोसेर राखेका छन् ।

निर्माण कम्पनीले केही दिनभित्रै कामदारको पारिश्रमिक दिने र काम सुचारु गर्ने जवाफ दिएको गाईघाट दिक्तेल सडक आयोजनाका इन्जिनियर प्रविण चौधरीले बताए ।

 

You can share this post!

Total Share : 0 Total Views : 0

प्रतिक्रिया