news-details

आँखा सुख्खा हुन नदिन यसो गरौं

धेरैजसो निराश भएको अवस्थामा आँखाबाट आँशु आउने गर्छ । कहिलेकाँही खुशी हुँदा, हाइ गर्दा, आँखा पोल्दा, आँखामा धुलो अथवा केही वस्तु छिर्दा, तथा अन्य कारणले आँखाबाट आँशु आउने गर्छ ।

स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँखामा आँशु ज्यादै महत्त्वपूर्ण हुन्छ । हाम्रो आँखामा आँशु नआए पनि आँखा सधैँ भिजिरहेको हुनुपर्छ । आँखाको नानीको बाहिरी सतहमा आँशुको पातलो सतहले लेन्सको काम गरेर सामान्य दृष्टि बनाउन मद्दत गर्दछ । लिपिड सतह, एक्वियस सतह र म्यूकिन सतह गरी आँखामा बन्ने आँशुका मुख्ययता तीन सतह हुन्छन् ।


आँखामा आँशु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी ल्याएर सामान्य गुणस्तरको आँशु बन्न सक्दैन । आँखामा आँशु नबनेको खण्डमा आँखा सुख्खा हुने, पोल्ने, चिलाउने जस्ता विभिन्न समस्या निम्त्याउँछ ।

आँखा सुख्खा भएको समयमा धेरै टेलिभिजन, कम्प्युटर वा मोबाइलको प्रयोग गर्नु हुँदैन । सुख्खा आँखाको उपचारको लागि सतर्कता अपनाउन आवश्यक हुन्छ । स्क्रिन हेरेर काम गर्दा केही समय आँखालाई आराम दिनुका साथै आँखालाई सुख्खा हुन नदिन चिसो पानीले धुई राख्न पर्छ ।

आवश्यक मात्रामा पानी तथा झोलपदार्थ पिउनुका साथै भिटामिन एयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नु पर्दछ । घरबाट बाहिर घाममा निस्किँदा आँखालाई घाम र धुलोबाट जोगाउनका लागि कालो चस्माको अनिवार्य प्रयोग गर्नु पर्छ ।

लामो समयसम्म आँखा सुख्खा हुने चिलाउने भएमा डाक्टरकोमा गएर उपचार गराउनुपर्ने हुन्छ । सुख्खा आँखाको उपचारको लागि कृत्रिम आँशुको प्रयोग गर्नु पर्ने हुन सक्छ ।

You can share this post!


प्रतिक्रिया